विराटनगर : आपराधिक पृष्ठभूमिका अभिषेक गिरीसँग निकट सम्बन्ध रहेको देखिएपछि मोरङ प्रहरीले विराटनगरका मुकेश कार्कीलाई पक्राउ गरेको छ । गिरीमाथि विभिन्न आपराधिक मुद्दामा अनुसन्धान भइरहेका बेला उनीसँग जोडिएका व्यक्तिहरूलाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याइएको छ । विराटनगर महानगरपालिका–७ का ४६ वर्षीय कार्कीलाई वडा प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाको संयुक्त टोलीले शनिबार बिहान करिब ७ः३० बजेतिर उनकै घरबाट पक्राउ गरेको हो । पक्राउपछि उनलाई थप अनुसन्धानका लागि जिल्ला