जुलाई बंगलादेशका लागि अत्यन्त व्यस्त महिना हो । त्यति मात्र होइन, यो आत्मसमीक्षा र हिसाब–किताब गर्ने समय पनि हो । सन् २०२४ को जुलाईमा देशभरि डढेलोझैँ फैलिएको विद्यार्थी आन्दोलनले केही सातामै तत्कालीन प्रधानमन्त्री शेख हसिनाको शासन ढालिदियो । अगस्टको सुरुआतमै उनी सत्ताबाट बाहिरिइन् । त्यसयता बितेका दुवै जुलाई महिनामा आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय