त्रिपालभित्र बित्छ देवलका ८३ परिवारको रात

  • शनिबार ९ साउन २०८३ १२:०१ PM
गोरखा: चुमनुब्री गाउँपालिका–३ देवल गाउँकी ६० वर्षीया पुन्नीमाया गुरुङको झिमिक्क आँखा नलागेको दुई हप्ता भयो। अचेल हररात झमझम पानी पर्छ अनि घरमुनि गड्गडाएर पहिरो झरिरहन्छ। चिन्ता र अत्यासले उनको हररात त्रिपालभित्र रोएर बित्छ। हेर्दाहेर्दै आँखैअघि पहिराले घर लगेको चार वर्ष भयो। ओतलाग्ने घरमात्र होइन, गरिखाने बारी पनि पहिराले लग्यो। त्यसयता उनको परिवार त्रिपालमुनि जीवन गुजारिरहेको छ।‘माथिबाट झमझम पानी परिरहन्छ, तलबाट गुटुटु पहिरो झरिरहन्छ। कसरी निदाउने ?’, उनी भन्छिन्, &l