कम्युनिष्ट आन्दोलन नयाँ ऊर्जासहित अघि बढ्नुपर्छ : माधव नेपाल

  • शनिबार ९ साउन २०८३ ०५:३० AM
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान परिस्थितिमा केही धक्का खेप्नुपरे पनि कम्युनिष्ट आन्दोलनलाई नयाँ ऊर्जा, नयाँ संकल्प र नयाँ उत्साहका साथ अघि बढाउनुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट आन्दोलनमा उतारचढाव स्वाभाविक