काठमाडौं । कास्की प्रहरीले पोखरामा स्वरूप परिवर्तन (मोडिफाइड) गरिएका र चर्को आवाज निकालेर ध्वनि प्रदुषण गर्ने मोटरसाइकलविरुद्धको कारबाहीलाई तीव्र पारेको छ । ‘अपरेसन ३६५’ नाम दिइएको यस अभियानअन्तर्गत पछिल्लो दुई दिनमा मात्रै ५१ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार बिहीबार राति १८ वटा र शुक्रबार राति ३३ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको