काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट आएको भन्दै कम्युनिष्ट आन्दोलनलाई पुनः एकताबद्ध गरेर नयाँ ढंगले अघि बढ्नुपर्ने बताएका छन् । शनिबार नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै दाहालले अहिले नेपाली कम्युनिष्ट आन्दोलनले ठूलो धक्का व्यहोरेको उल्लेख गर्दै आन्दोलनलाई