नेपालकै ठूलो सिमेन्ट उद्योग होङशी शिवम् सिमेन्ट प्राइभेट लिमिटेडको सञ्चालन आम्दानीमा उत्साहजनक सुधार देखिएको छ । विगतका केही वर्षहरूमा उतारचढावपूर्ण रहेको कम्पनीको व्यापार पछिल्लो समय सिमेन्टको मूल्यमा भएको सुधारसँगै लयमा फर्किएको हो । रेटिङ एजेन्सी इक्रा नेपालको पछिल्लो प्रतिवेदन अनुसार, कम्पनीले आर्थिक वर्ष २०८१÷८२ मा १३ अर्ब २४ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको