भ्रष्टाचारका आधाभन्दा बढी उजुरी स्थानीय तहका

  • शनिबार ९ साउन २०८३ ११:०१ AM
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्ष भ्रष्टाचारसम्बन्धी सबैभन्दा बढी उजुरी स्थानीय तहसँग सम्बन्धित परेका छन्। आयोगले आर्थिक वर्ष २०८२/८३ मा दर्ता भएका उजुरीमध्ये करिब आधा स्थानीय तहसँगै सम्बन्धित रहेको जनाएको छ।गत आर्थिक वर्षमा विभिन्न माध्यमबाट ३३ हजार ३ सय २८ उजुरी परेका थिए। अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका ७ हजार ३ सय २३ उजुरीसमेत जोड्दा कुल उजुरीको संख्या ४० हजार ६ सय ५१ पुगेको आयोगका प्रवक्ता एवं सहसचिव सुरेश न्यौपानेले जानकारी दिए।कुल उजुरीमध्ये ४८.९६ प्रतिशत स