मनास्लुमा ४१ प्रतिशतले पर्यटक वृद्धि

  • शनिबार ९ साउन २०८३ ११:०१ AM
गोरखा : मनास्लु क्षेत्रमा पर्यटकको आगमन अघिल्लो वर्षभन्दा ४१ प्रतिशतले वृद्धि भएको छ। मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार आर्थिक वर्ष २०८१/८२ मा १२ हजार ५ सय १३ पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेकोमा आव २०८२/८३ मा १६ हजार ६ सय ७१ जनाले गरे। जसमध्ये १५ हजार ८ सय ८७ विदेशी र ७ सय ८४ स्वदेशी पर्यटक रहेको एमक्याप प्रमुख अनिल प्रसाईंले जानकारी दिए। विगत तीन वर्ष यताको पर्यटकको तथ्यांक विश्लेषण गर्दा मनास्लु क्षेत्रमा पर्यटक संख्या उल्लेख्य वृद्धि भएको देखिन्छ। आर्थिक वर्ष २