आउन थाल्यो जीटूजीबाट खरिदको रासायनिक मल

  • शनिबार ९ साउन २०८३ ११:०१ AM
काठमाडौं : सरकारले जीटूजीमार्फत खरिद गरेको रासायनिक मल विराटनगर आउन सुरु भएको छ । कोशी प्रदेशका १३ जिल्ला र मधेस प्रदेशको सिरहा र सुनसरीका लागि मगाइएको ८ हजार ५ सय टन डीएपी मल आउन सुरु भएको विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले जनाएको छ । हालसम्म पाँच सय टनभन्दा बढी डीएपी मल आइसकेको र यसलाई सम्बन्धित जिल्लाहरूमा पठाउने प्रक्रियासमेत सुरु भइसकेको कामु प्रादेशिक प्रबन्धक कमल पोखरेलले बताए । उनले ८ हजार ५ सय टन युरिया पनि आउन थालिसकेको र आइतबारदेखि सम्बन्धित जिल्लामा प