राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक दाहाल

  • शनिबार ९ साउन २०८३ ०४:५४ AM
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट आएको बताएका छन् । शनिवार नरबहादुर कर्माचार्यको १३ औँ स्मृति दिवसमा पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । संयोजक दाहालले अहिले कम्युनिष्ट आन्दोलनले एउटा धक्का खाएको र कम्युनिष्ट आन्दोलनलाई फेरि एकतावद्ध गर्न जरुरी रहेको उल्लेख गरे