वर्षाका कारण देशका विभिन्न राजमार्गहरू अवरुद्ध

  • शनिबार ९ साउन २०८३ ०३:४० AM
काठमाडौँ : देशभर भइरहेको लगातारको वर्षाका कारण विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।नेपाल प्रहरीले दिएको जानकारी अनुसार बिहान ७:०० बजेसम्म बाढी, पहिरो र लेदो खसेका कारण सवारीसाधन आवतजावतमा रोक लगाइएको छ। बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडक खण्डमा सम्भावित बाढीलाई मध्यनजर गर्दै रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ। बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सम्पूर्ण सवारीसाधनको आवतजावतमा रोक लगाइएको भए पनि बिहान ४:०० बजेदेखि बेलुका ६:०० बजेसम्म भने सवारीसाधन सुचारु हुनेछन्। त्यसैगरी, वर्षातका कारण मकवानपुरस्थित कान्ति लोकपथमा पनि रातिको समयमा सबै ... The post वर्षाका कारण देशका विभिन्न राजमार्गहरू अवरुद्ध appeared first on Kalika Khabar.