काठमाडौं : आर्थिक वर्ष २०८२/८३ मा नेपालको वैदेशिक व्यापारको आकार उल्लेखनीय रूपमा विस्तार भए पनि आयातको उच्च वृद्धिदरका कारण व्यापार घाटा झनै गहिरिएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको तुलनामा १५.८८ प्रतिशतले बढेर २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। तर, व्यापार विस्तारसँगै आयातको गति निर्यातभन्दा निकै तीव्र रहेकाले कुल व्यापार घाटा १७ खर्ब ८१ अर्ब ८ करोड रुपैयाँ पुगेको छ।विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालले २० खर्ब ९६ अर्ब ३७ करोड