सेवाको नाममा संवेदनशील अंगको व्यापार? डिम्ब कारोबार प्रकरणले आईभिएफ सेन्टरमाथि उठाएको प्रश्न

  • शनिबार ९ साउन २०८३ ०३:३१ AM
काठमाडौँ। सन्तान प्राप्तिमा समस्या भोगिरहेका दम्पतीका लागि इन–भिट्रो फर्टिलाइजेसन (आईभिएफ) आधुनिक चिकित्साशास्त्रको महत्वपूर्ण उपलब्धि मानिन्छ। नेपालमा पनि पछिल्ला वर्षहरूमा आईभिएफ सेवा विस्तार भएको छ, जसले धेरै परिवारलाई सन्तान प्राप्तिको अवसर दिएको छ। तर, यही संवेदनशील स्वास्थ्य सेवा केही संस्था र व्यक्तिका कारण नाफामुखी व्यवसायमा रूपान्तरण हुँदै गएको आरोप र घटनाहरू सार्वजनिक हुन थालेपछि यस क्षेत्रको