हरिशयनी एकादशीमा तुलसीको महत्व : धार्मिक आस्थासँगै स्वास्थ्यका लागि पनि लाभदायी

  • शनिबार ९ साउन २०८३ ०३:३९ AM
आज हरिशयनी एकादशी । सनातन धर्मावलम्बीहरूले घर–घरमा तुलसीको बिरुवा मठमा सारी विशेष पूजा–आराधना सुरु गरेका छन् । धार्मिक रूपमा भगवान् विष्णुको प्रतीक मानिने तुलसीलाई औषधीय गुणले भरिपूर्ण वनस्पतिका रूपमा पनि लिइन्छ । आयुर्वेददेखि आधुनिक अध्ययनसम्म तुलसीलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने, श्वासप्रश्वास प्रणालीलाई स्वस्थ राख्ने र विभिन्न संक्रमणबाट जोगाउन सहयोग गर्ने जडीबुटीका रूपमा उल्लेख गरिएको छ