काठमाडौं: पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित ट्यांक जिल्लामा रहेको सेना र प्रहरीको संयुक्त चौकी 'माझी खेल'मा बिहीबार राति चरमपन्थी समूहले गरेको आक्रमणमा परि १२ सैनिकसहित १५ जनाको मृत्यु भएको छ।मृतकमा दुई जना प्रहरी र एक जना वन अधिकारी समेत रहेका छन्। आक्रमणपछि सुरक्षा निकायले गरेको जवाफी कारबाहीमा १२ जना चरमपन्थी पनि मारिएका छन्।पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर-सर्भिसेज पब्लिक रिलेसनका अनुसार, सुरुमा आतंकवादीहरूले चौकीको सुरक्षा घेरा तोड्ने प्रयास गरेका थिए, जसलाई सुरक्षाबलले अस