काठमाडौं । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूले आज श्रद्धा, भक्तिभाव र पूजा–आराधना सहित हरिशयनी एकादशी पर्व मनाउँदै छन्। यस अवसरमा बिहानैदेखि हरिहर (भगवान बिष्णु र शिवको संयुक्त रूप) को विशाल मुर्ति रहेको काठमाडौंको बुढानीलकण्ठ सहित देशभरका विष्णु मन्दिरहरूमा श्रद्वालुको घुइँचो लागेको छ। हिन्दु वैदिक पुराणमा उल्लेख भए अनुसार असार शुक्ल एकादशीदेखि भगवान विष्णु चार महिनाका लागि