काठमाण्डु – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्। चीनको जनमुक्ति सेना (पीएलए) स्थापना भएको ९९औँ वार्षिकोत्सवका अवसरमा काठमाण्डुस्थित चिनियाँ दूतावासले शुक्रबार आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै उनले नेपाली सेना र पीएलएबिचको सम्बन्ध सुदृढ रहेको तथा निरन्तर प्रगाढ बन्दै गएको बताएका हुन्।