२४ घण्टामा ११५१ सवारी चालक कारबाहीमा, तीव्र गति र मापसेका घटना उच्च

  • शनिबार ९ साउन २०८३ ०२:२० AM
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १५१ वटा सवारी साधन तथा चालकलाई कारबाही गरेको जनाएको छ। कार्यालयका अनुसार मितिसाउन ९ गते बिहान ६ बजेसम्मको विवरणअनुसार सबैभन्दा धेरै अन्य विभिन्न ट्राफिक कसुरमा ७३७ जना कारबाहीमा परेका छन्। त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ११३ जना, मादक पदार्थ सेवन (मापसे)