स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत

  • शनिबार ९ साउन २०८३ ०२:५० AM
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि परेका आवेदनमध्ये १३ जनाको आवेदन स्वीकृत भएको छ। कार्यकारी निर्देशक पदपूर्ति सिफारिस समितिले शुक्रबार सूचना प्रकाशित गर्दै २०८३ असार ३ गते प्रकाशित सूचनाअनुसार तोकिएको अवधिभित्र प्राप्त आवेदनहरूको छानबिन गर्दा निर्देशिकामा उल्लेखित योग्यता तथा मापदण्ड पूरा गरेका १३ जनाको आवेदन स्वीकृत भएको जनाएको हो। समितिले स्वीकृत भएका उम्मेदवारहरूमा