विराटनगर : कोशी लोकमार्गअन्तर्गत मोरङको बूढीगंगामा शुक्रबार राति ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ। दुर्घटना बूढीगंगा गाउँपालिका–१ स्थित शिवम् पेट्रोल पम्पअगाडि भएको हो।मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ४३८८ नम्बरको मिनी ट्रकले बाटो काट्दै गरेको साइकललाई शुक्रबार साँझ ५:२० बजेतिर ठक्कर दिएको थियो। मिनी ट्रकको ठक्करबाट मोरङको बेलबारी नगरपालिका–५ का ४५ वर्षीय सन्ते खवासको मृत्यु