वीरेन्द्रनगर : सुर्खेतमा कानुन व्यवसायी अनिलबहादुर शाहीले सर्वसाधारण सेवाग्राहीलाई ठगी गरेका छन्। उनले धरौटी रकम नै बुझाउनु नपर्ने मुद्दामा धरौटी लाग्ने र अन्य अदालतमा मिलाइदिएको भन्दै पैसा मागेर ठगी गरेका हुन्।जाजरकोटका एक नाबालक वीरेन्द्रनगर टट गत असार ७ गते दिउँसो २ बजे वीरेन्द्रनगरको बुद्धबुद्धीबाट ४ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परे। प्रहरीले उनीविरुद्ध लागूऔषधसम्बन्धी मुद्दा चलायो। अधिवक्ता शाहीलाई जिल्ला अदालत सुर्खेतमा अभियुक्त नाबालकले पहिलो पटक भेटे। भेटमा वकिलले 'कानुनी सेवा