काठमाडौं । सानो उमेरमा गाउँ (दोलखा) को खोलामा साथीहरूसँग रमाउँदै पौडी खेल्ने रितेश खड्काले एक दिन यही सीपलाई आफ्नो करिअर बनाउँछु भन्ने कल्पना गरेका थिएनन् । न त भविष्यमा सयौं युवालाई स्विमिङ सिकाउने प्रशिक्षक बन्छु भन्ने सोच नै थियो । तर रुचि, निरन्तर अभ्यास र गुरुहरूको प्रेरणाले उनको जीवनको दिशा बदलिदियो । रितेशको स्विमिङ यात्राको