लोकतान्त्रिक राज्यको सबैभन्दा ठूलो शक्ति सरकारसँग भएको पक्राउ गर्ने अधिकार होइन, कानुनप्रति उसको निष्ठा हो। कानुनको सर्वोच्च सिद्धान्त यही हो– निर्दोष व्यक्ति सजायको भागीदार नबनोस्, दोषी व्यक्ति कानुनी प्रक्रियाबाट उम्किन पनि नपाओस्। यी दुई सिद्धान्तबीचको सन्तुलन नै न्यायको वास्तविक आधार हो।राज्यले कुनै व्यक्तिलाई पक्राउ गर्नु आफैंमा दोषी ठहर गर्नु होइन। पक्राउ अनुसन्धानको एउटा प्रारम्भिक प्रक्रिया हो, अन्तिम फैसला होइन। अन्तिम निर्णय अदालतले प्रमाण, कानुन र न्यायिक विवेकका आधारमा गर्छ। त्