हिमाली भेगमा गहुँ काट्ने चटारो

  • शनिबार ९ साउन २०८३ ०७:०१ AM
गोरखा : यतिबेला हिमाली भेगका किसानहरूलाई गहुँ भित्र्याउन भ्याइनभ्याइ छ। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. १ देखि ७ सम्मका गाउँबस्तीको प्रमुख बालीका रूपमा रहेको गहुँ भित्र्याउने सिजन सुरु भएको स्थानीय किसानहरूको भनाइ छ।एक वर्षअघिको असोजमा लगाएको गहुँ अहिले भित्र्याउने बेला भएको चुमनुब्री गाउँपालिका— ७ छेकम गाउँका दोर्जे लामाले बताए। मंगलबारबाट मात्र गहुँ काट्न सुरु गरिएको उनले जानकारी दिए। ‘यहाँको वडाध्यक्ष, लामा गुरुहरू र स्थानीय अगुवाहरूले दिन जुराएर गत मंगलबारबाट गहुँ काट