दाङ । ट्राफिक प्रहरी कार्यालय दाङले बितेको आर्थिक वर्ष २०८२।०८३ मा ट्राफिक नियम पालना नगर्ने १४ हजारबढी सवारी साधनलाई कारबाही गरेको छ । एक वर्षका अवधिमा १४ हजार ५६३ वटा सवारी साधनलाई कारबाही गर्दा एक करोड ५२ लाख ६० हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिए । उनका