ढल्केवर(धनुषा) : धनुषामा लागूऔषधसहित पक्राउ गर्न खोज्दा भाग्न खोजेका दुई भारतीय नागरिकलाई प्रहरीले हवाइ फायर गरेर नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत मधुवनी जिल्ला, हरलाखी थाना–५ बस्ने २६ वर्षीय सन्तोषकुमार महतो र भारतकै बिहार राज्यअन्तर्गत बसोपट्टी थाना–२ बस्ने ४५ वर्षीय मिथलेस साहु रहेका छन्।मिथिला नगरपालिका–६ ढल्केवरस्थित लक्ष्मीनिवास जाने भित्री सडकखण्डबाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित उनीहरुलाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता प