काठमाडौंमा ११ हजार बढी अपराधको मुद्दा दर्ता

  • शुक्रबार​ ८ साउन २०८३ ०७:०० PM
काठमाडौं : जिल्ला प्रहरी परिसर, काठमाडौंले आर्थिक वर्ष २०८२/८३ मा काठमाडौंमा अपराध सम्बन्धी ११ हजार भन्दा बढी मुद्दा दर्ता भएको जनाएको छ। काठमाडौं प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको जनाएको हो। आर्थिक वर्ष २०८१/८२ मा १२ हजार ९ सय १५ अपराधका घटना दर्ता भएको थियो।धेरै संख्यामा दर्ता भएका उजुरीहरूमा बैकिंङ कसुर पहिलो नम्वरमा रहेको छ भने त्यसपछि क्रमश अभद्र व्यवहार, चोरी, ठगि, लागूऔषध, आत्