कोशीमा तस्करीको आरोपले सशस्त्रमा हलचल, एसपीदेखि जवानसम्म मुख्यालयको अनुसन्धानमा

  • शुक्रबार​ ८ साउन २०८३ ०६:०१ PM
विराटनगर : नेपाल–भारत सीमा क्षेत्रबाट तस्करी गराउने, घुमुवा परिचालन गरेर अवैध असुली गर्नेदेखि विभागीय अनुशासन उल्लंघन गरेको आरोपमा कोशी प्रदेशका विभिन्न जिल्लामा कार्यरत सशस्त्र प्रहरी बलका एसपीदेखि जवानसम्म मुख्यालय तानिएका छन् । उनीहरुमाथि सशस्त्र प्रहरी बलको मुख्यालयले आन्तरिक छानबिन गरिरहेको छ । सशस्त्र प्रहरी बल मुख्यालय हलचोकले झापा, सुनसरी र इलाममा कार्यरत अधिकृतहरूलाई जिम्मेवारीबाट हटाएर काठमाडौं बोलाएको हो । उनीहरूमाथि सीमा क्षेत्रमा लागुऔषध तथा अन्य मालवस्तुको तस्करीमा