काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालय बेखबर बनेको छ। शुक्रबार सिंहदरवारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले कुमार बेनको भारत भ्रमणबारे प्रश्न सोधेका थिए।मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कुमार बनेको भारत भ्रमणका विषयमा मन्त्रालयलाई जानकारी नभएको बताए। 'यस सम्बन्धी (कुमार बेनको भारत भ्रमणबारे) औपचारिक जानकारी मन्त्रालयमा छैन,' प्रवक्ता क्षेत्रीले जवाफ दिए।बेनको भारत भ्रमणबारे सञ्चारमाध्यमम