अनैतिक क्रियाकलापमा संलग्न ४७ विदेशी महिला डिपोर्ट

  • शुक्रबार​ ८ साउन २०८३ १२:१३ PM
काठमाडौं । नेपालमा अनैतिक गतिविधिमा संलग्न ४७ जना विदेशी महिलालाई डिपोर्ट (देश निकाला) गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले ठमेल, दरबारमार्गलगायत पर्यटकीय क्षेत्रमा अनैतिक गतिविधिमा संलग्न ५७ विदेशी महिलालाई विशेष अपरेशन गरी पक्राउ गरिएकोमा ४७