नेपालमा अनैतिक गतिविधिमा संलग्न ४७ जना विदेशी महिलालाई डिपोर्ट (देश निकाला) गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रवार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै परिसरका एसपी पवनकुमार भट्टराईले ठमेल, दरबारमार्गलगायत पर्यटकीय क्षेत्रमा अनैतिक गतिविधिमा संलग्न ५७ विदेशी महिलालाई विशेष अपरेसन गरी पक्राउ गरिएकोमा ४७ जनालाई अध्यागमन विभागमार्फत