विकृतिबाट वामपन्थी दलहरू पनि अछुतो छैनन् : माधव नेपाल

  • शुक्रबार​ ८ साउन २०८३ ११:०५ AM
काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले मुलुकको राजनीतिमा देखिएका विकृति विसंगतिबाट वामपन्थी दलहरू समेत अछुतो रहन नसकेको बताएका छन् । शुक्रबार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा काठमाडौंमा आयोजित ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भुमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले यस्तो बताएका हुन् । वामपन्थी शक्तिहरूले आफ्नै विगतको भुमिका, नीति र व्यवहारको गम्भीर आत्मसमीक्षा नगरिकन कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन नसकिने उनको भनाइ छ । मुलुकको राजनीति बिग्रनुमा अरुलाई दोषारोपण गरेर मात्र नपुग्ने भन्दै उनले आफूहरूले अपनाएका नीति, गतिविधि, व्यवहार, र जनसम्पर्कका कमजोरीहरूको समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए । ... The post विकृतिबाट वामपन्थी दलहरू पनि अछुतो छैनन् : माधव नेपाल appeared first on Kalika Khabar.