सिरहा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहा–१ का सांसद बब्लु गुप्ता चढेको मोटरसाइकल चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले लापरवाही गरेको कसुरमा कारवाही गरेका छन् । सवारी तथा यातायात व्यवस्थापन ऐन–२०४९ को दफा १६४ को १ (ङ) का १८ अनुसार ५ सय रुपैयाँ जरिवाना गरि ट्राफिक कारवाही गरिएको छ ।हिजो सांसद गुप्ताले लहान नगरपालिका–१६ मा साथीहरुसँग घुम्न गएका थिए । गुडिरहेको मोटरसाइकलबाटै मोबाइलले फोटो / भिडियो खिचिरहेको भिडियो भाइरल भएपछि आलोचना भईरहेका थिए । बा.प्र. ०२&