काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन शुक्रबार नेप्से परिसूचक एकल अंकले बढेर बन्द भएको छ। सेयर कारोबार साताको पहिलो दिन सोमबारदेखि निरन्तर वृद्धि भएको नेप्से परिसूचकले यसदिन पनि वृद्धिको गतिलाई निरन्तरता दिएको छ।नेप्से परिसूचक ७.९० अंकले बढेर २७३४.६३ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन बिहीबार नेप्से परिसूचक १४.१७ अंकले बढेर २७२६.७२ विन्दुमा पुगेको थियो। नेप्से सामान्य अंकले बढे पनि कारोबार रकम भने बिहीबारको तुलनामा वृद्धि भएको छ। यसदिन ३५३ वटा स्क्रिप्सको १ करोड ३७ लाख ६