वीरगन्ज : आपराधिक उपद्रव तथा डाँकासम्बन्धी कसुरमा फरार नेकपा (एमाले) वीरगन्ज महानगर कमिटीका सचिव लियाकत अलीलाई पर्सा जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ । बिहीबार न्यायाधीश कमला पौडेलको एकल इजलासले आपराधिक उपद्रव र डाकासम्बन्धी कसुरमा १ लाख ३५ हजारका दरले कुल २ लाख ७० रुपैयाँ हजार धरौटी माग गर्दै अलीलाई रिहा गर्ने आदेश दिएको हो ।अदालतको आदेशसँगै अलीले बिहीबार नै अदालतको माग बमोजिमको धरौटी बुझाएर रिहा पनि भएका थिए । मुद्दा दर्तापछि फरार रहेका अली बिहीबार आँफै पर्सा जिल