भक्तपुरको विश्वप्रसिद्ध बिस्का जात्राको भैलद्यको पांग्रा अझै अलपत्र

  • शुक्रबार​ ८ साउन २०८३ ०५:०१ PM
भक्तपुर : विश्वप्रसिद्ध बिस्का जात्रासँग सम्बन्धित ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा गम्भीर ध्यान दिन माग गर्दै श्री भैरवनाथ जात्रा सहयोग समितिले गुठी संस्थान कार्यालय भक्तपुरमा ज्ञापनपत्र बुझाएको छ।समितिले बिस्का जात्रा नेपालको अमूल्य सांस्कृतिक सम्पदा भएको उल्लेख गर्दै जात्रामा प्रयोग हुने भैरवनाथको रथ केवल काठको संरचना मात्र नभई मध्यकालीन नेपाली काष्ठकला, वास्तुकला तथा सांस्कृतिक इतिहासको अनुपम नमुना भएको जनाएको छ। तर, रथका पुराना पाङ्ग्रा, टुडाल, अँसी, वेट, कासी लगायतका महत्वपू