सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामाको दबाब, महाभियोगको धम्की आएको दाबी

  • शुक्रबार​ ८ साउन २०८३ ०५:०१ PM
काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाँललाई राजीनामा दिन राजनीतिक दबाब आएको खुलेको छ। अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी संस्थाहरू इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स्, ह्युमन राइट्स् वाच र एम्नेस्टी इन्टरनेसनलले संयुक्त विज्ञप्ति जारी गरेर उनीहरूलाई राजीनामा दिन दबाब दिइएको र महाभियोग लगाउने धम्कीसमेत आएको उल्लेख गरेका छन्।नेपालमा न्यायपालिकाको स्वतन्त्रता जोखिममा परेको निष्कर्ष तीन संस्थाहरूको छ। विज्ञप्तिअनुसार न्यायाधीशहरूविरुद्ध महाभियोग लगाउने सार्वजन