स्वास्थ्य क्षेत्रको सुधारका लागि सात बुँदे माग राखेर सत्याग्र थालेका डा. गोविन्द केसीलाई सकस परेको छ । धनगढी स्थित कृष्ण मन्दिरको धर्मशालामा बिहीबारदेखि सत्याग्रह बसेका केसीलाई मन्दिर व्यवस्थापन समितिले ठाउँ छाड्न पत्र पठाएपछि केसी अफ्ठयारोमा परेका हुन् । मन्दिर व्यवस्थापन समितिको पत्र पछि अब के गर्ने भन्ने विषयमा छलफल भइरहेको उनका सहयोगी डा.अमृत जैसीले बताए