प्राविधिक विषयमा अनुभवी विज्ञको संलग्नता हुनुपर्छ : दङ्गाल

  • शुक्रबार​ ८ साउन २०८३ ०९:४२ AM
काठमाडौँ। नेकपा (एमाले) का राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दङ्गाले ऐन कार्यान्वयन र अन्तर–निकाय सम्बन्धका प्राविधिक विषयहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूको संलग्नता हुनुपर्ने बताएका छन्। शुक्रबार सङ्घीय संसद्को विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै नेता दङ्गालले अन्तर–निकाय सम्बन्ध अत्यन्त प्राविधिक विषय भएकाले यसमा केवल अध्ययनकर्ता मात्र नभई सोही क्षेत्रमा प्रत्यक्ष कार्यरत अनुभवी विज्ञहरूको परामर्श लिनु उपयुक्त हुने सुझाव दिएका हुन्। छलफलका क्रममा नेता दङ्गालले विषयवस्तुको गाम्भीर्यका आधारमा विज्ञ छनोट गर्नुपर्ने बताए।  विज्ञ छनोट र विषयको प्राविधिक पक्षबारे बोल्दै उनले भने, ‘अन्तरनिकाय सम्बन्धको विषय प्राविधिक (टेक्निकल) भएकाले यस क्षेत्रमा प्रत्यक्ष काम गरिरहनुभएका विज्ञबाट प्रस्तुति ... The post प्राविधिक विषयमा अनुभवी विज्ञको संलग्नता हुनुपर्छ : दङ्गाल appeared first on Kalika Khabar.