कोलकाता–विराटनगर कार्गो रेल सेवा सञ्चालन, व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा

  • शुक्रबार​ ८ साउन २०८३ ०९:४४ AM
काठमाडौं । नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामान ढुवानीका लागि कोलकाता–विराटनगर रेल्वे कार्गो सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ । परराष्ट्र मन्त्रालयका अनुसार २०८३ साउन १ गतेदेखि उक्त मार्गबाट कार्गो ढुवानीको कार्य सुरु भएको हो । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता एवं सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले यस सेवाको सुरुवातसँगै नेपालको वैदेशिक