काठमाण्डु– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस मागेको आरोपमा काठमाण्डुबाट लेखा अधिकृतलाई पक्राउ गरेको छ । अख्तियारका अनुसार पक्राउ पर्नेमा काठमाण्डु महानगरपालिका–३० का लेखा अधिकृत उद्वब भट्टराई छन् । भट्टराईले स्थायी लेखा नम्बर (प्यान) बन्द गराउन आएका सेवाग्राहीबाट घुस लिएको २१ हजार रुपैयाँसहित उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । सेवा ग्राहीसँग घुस मागेको