भारतको सर्वोच्च अदालतले शुक्रबार नेपालका प्रधानन्यायाधीश मनोजकुमार शर्मासहित पाँच देशका वरिष्ठ न्यायाधीशहरूको प्रतिनिधिमण्डललाई स्वागत गरेको छ । भारतका प्रधानन्यायाधीश सूर्यकान्तले सर्वोच्च अदालतको इजलास नम्बर–१ मा भ्रमणमा आएका विशिष्ट अतिथिहरूको परिचय गराएका थिए । प्रतिनिधिमण्डलमा नेपालका प्रधानन्यायाधीश शर्माका साथै बेलायत, भुटान, ब्राजिल र केन्याका सर्वोच्च अदालतका न्यायाधीश सहभागी थिए । भारतका महान्यायाधिवक्ता आर. वेन्कटारमणीले प्रतिनिधिमण्डललाई स्वागत