स्रोत नखुलेको ६ लाख ६५ हजार रुपैयाँसहित नेपाल सरकारका उपसचिव पक्राउ

  • शुक्रबार​ ८ साउन २०८३ ०७:५० AM
मोरङ । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङलाई प्रहरीले स्रोत नखुलेको रकमसहित विराटनगर विमानस्थलबाट पक्राउ गरेको छ । नेपाल सरकारका उपसचिव तामाङलाई स्रोत नखुलेको ६ लाख ६५ हजार रुपैयाँ नगदसहित पक्राउ गरिएको जनाइएको छ । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले पक्राउ पर्दा बरामद भएको रकमको स्रोत पुष्टि गर्न नसकेका