विश्वकप विजेता ओटामेन्डीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

  • शुक्रबार​ ८ साउन २०८३ ०६:२० AM
काठमाडौं । अर्जेन्टिनाका अनुभवी डिफेन्डर निकोलस ओटामेन्डीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । बिहीबार उनले सन्न्यास घोषणा गरेसँगै उनको १७ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरको अन्त्य भएको छ । ३८ वर्षीय सेन्टर–ब्याक ओटामेन्डीले अर्जेन्टिनाको सफल पुस्तामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले अर्जेन्टिनालाई सन् २०२२ को फिफा विश्वकप तथा दुई पटक कोपा अमेरिका उपाधि