चुच्चे खोलाको खुवा, हेटौँडाको कोसेली

  • शुक्रबार​ ८ साउन २०८३ ०६:४५ AM
बागमती ।  हेटौँडा उपमहानगरपालिका–१७ स्थित चुच्चे खोला यतिखेर यहाँ पाइने खुवाकै कारण चासो र चर्चामा छ । खुवा उत्पादनमा विशिष्ट पहिचानजस्तै बनेको यहाँ बनाइने खुवा अहिले हेटौँडाको मुख्य कोसेली नै बनेको छ । विभिन्न पेसा र व्यवसायमा आबद्ध रही बाहिरका विभिन्न जिल्लाबाट आएर हेटौँडा बस्ने व्यक्ति हुन् या कान्तिलोकपथमार्फत चुच्चे खोला हुँदै आवतजावत गर्ने हुन्,