रास्वपालाई पूर्वसचिव फुयाँलको सुझावः गर्नुपर्ने चाहिं यस्तो थियो

  • शुक्रबार​ ८ साउन २०८३ ०६:१८ AM
काठमाण्डु– राष्ट्रिय सभाका पूर्वसचिव राजेन्द्र फुयाँलले सांसद् आफैंले नभई संसद् सचिवालयमार्फत स्वकीय सचिव नियुक्ति गर्दा राम्रो हुने सुझाएका छन् । सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सामाजिक सञ्जालमार्फत सुझाव दिँदै फुयाँलले सभामुख नेतृत्वको सचिवालय व्यवस्थापन समितिले योग्यता, मापदण्ड र आचारसंहिता जारी गर्ने र सम्बन्धित सांसदको सिफारिसमा सचिवालयले करारमा स्वकीय सचिव नियुक्त गर्दा उपयुक्त हुने