काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका सर्लाहीका विवेक मण्डल र मुगुका गणेश नेपालीका परिवारलाई जनही १ लाख रुपैयाँ आर्थिक राहत प्रदान गरेका छन् । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा शुक्रबार जारी विज्ञप्तिमा सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३५ वर्षीय विवेक मण्डल र मुगुको सोरू गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीका