बाल मन्दिर ठगी प्रकरण: पूर्वपदाधिकारीसहित ८ जनाविरुद्ध ठगी मुद्दा

  • शुक्रबार​ ८ साउन २०८३ ०६:३८ AM
काठमाण्डु–बालमन्दिर जग्गा प्रकरणमा नेपाल बाल संगठनका पूर्वपदाधिकारी र कर्मचारीसहित आठ जनाविरुद्ध ठगी कसुरमा काठमाण्डु जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा दायर गरिएको मुद्दामा तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, तत्कालीनसचिव राजेन्द्रकुमार श्रेष्ठ, तत्कालीन सभापतिहरू ओमकृष्ण कर्माचार्य, युरीकुमारी राई र भगवान शाक्य, तत्कालीन कोषाध्यक्षहरू दीपकदास