काठमाडौं : लोकतान्त्रिक व्यवस्था, संविधान र राष्ट्रिय स्वाधीनता गम्भीर संकटमा परेको भन्दै प्रमुख राजनीतिक दलका शीर्ष नेता, संविधानविद् तथा कानुनी विश्लेषकहरूले लोकतन्त्रको रक्षाका लागि सम्पूर्ण लोकतान्त्रिक, वामपन्थी र देशभक्त शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन्।नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४८औं स्मृति दिवसका अवसरमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रे